www.tandavnews.com
Fact ~ In search of truth

साताकाे राशिफल

मेष :

धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ । सोमवारदेखि शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ । तर कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । घरेलु समस्यामा अलि सावधान रहनुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ । बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ । योजनाहरू गोप्य राख्नुहोला । आफन्तहरूको सहयोगले बिस्तारै फाइदा दिलाउनेछ । अध्ययनमा भने समय दिन नसकिएला ।

 

बृष :

Batas

सुरुमा इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्ति हुनेछ । लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । सोमवारदेखि परिस्थितिवश लक्ष्य साधनामा पछि परिनेछ । अप्रिय समाचारले जाँगर मर्नेछ । अरूको भर पर्दा समस्या देखापर्नेछ । बुधवारपछि स्थितिमा सामान्य सुधार आउनाले केही काम बन्नेछन् । तर सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ । आफन्तबीच आत्मीयतामा कमी आउने देखिन्छ ।

मिथुन :

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला । सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तसँग सम्पर्क बढ्नाले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ । काम देखाएर उपलब्धि हातपार्ने समय छ । परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ । बुधवारपछि आलोचकहरूदेखि सावधान रहनुपर्नेछ । बलभन्दा बुद्धिले काम लिनुहोला, सप्ताहान्तमा स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कर्कट :

आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला । परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ । बलजफ्ती गर्ने बानीले काममा समेत समस्या पर्नेछ । तापनि बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । प्रयत्न गर्दा टाढाका साथीभाइ नजिकिनेछन् भने खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । बुधवारपछि आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

सिंह :

भेटघाट गर्ने अवसर जुट्नेछ । लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ । आम्दानीका विभिन्न स्रोत जुट्नेछन् । पेसा र व्यापारमा मनग्गे लाभ हुनेछ । बिहीवार र शुक्रवार लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ । पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ । लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । सप्ताहान्तमा काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको जमघटले आनन्द मिल्नेछ ।

कन्या :

व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ । तापनि मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै कर्मयोगले समाजमा स्थापित गराउन सक्छ । काम देखाएर उपलब्धि हातपार्ने समय छ । विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ । मनग्गे आम्दानी हुनेछ । सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ ।

तुला :

सुरुमा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला । अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ । तापनि समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ । सप्ताहान्तमा आम्दानी बढ्नाले नयाँ योजना सुरु हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

बृश्चिक :

शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक देखिनेछ । सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ । सोमवारदेखि भने अरूको भर पर्नुपर्ने स्थिति आउन सक्छ । अरूकै लागि रकम र समय खर्चनुपर्ला । स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ । व्यवसायमा बाधा पुगे पनि सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । बिनाकारण आक्षेप लगाउनेहरूले दुस्ख दिनेछन् ।

धनु :

चुनौती पन्छाएर काम बनाउन सकिनेछ । मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरू पनि टाढिन सक्छन् । मालमत्ता हराउनाले पनि समस्या पर्नेछ । बुधवारपछि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पु¥याउनुहोला ।

मकर:

प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ । सोमवारदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ । स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ । शत्रुहरू पछि हट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ । सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ । गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ ।

कुम्भ :

प्रारम्भमा अप्ठ्यारो परिस्थितिका बीच केही संघर्ष गर्नुपर्ने हुन सक्छ । आफन्तजन टाढिनाले पनि केही समस्या आउन सक्छन् । काम बिग्रने भयले सताउन सक्छ । तापनि शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला । सोमवारदेखि रोकिएको कामले गति लिनेछ भने नयाँ काम पनि सुरु हुनेछ । अध्ययनमा सामान्य प्रगति हुनेछ । तर आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । मिहिनेत गर्दा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । सप्ताहान्तमा प्रियजनको साथ जुट्नेछ भने दिगो फाइदा हुने काम गर्न सफल भइनेछ ।

मीन :

मिहिनेतले हिम्मत दिलाउनेछ भने सुरुमा पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ । सोमवारदेखि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान् । परिस्थितिवश चिताएको काम रोकिनेछ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । अध्ययनमा पनि त्यति समय दिन नसकिएला । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रने हुँदा सम्झौतामा व्यवहार चलाउनुपर्ला ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.