www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री

पोखरा,  (रासस) ः

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज (बिहीबार)  यहाँ निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताए ।

सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गरे । प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएपछि पोखराको ट्राफिक व्यवस्थापन लगायतका विषयमा चासो व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१९ भित्र धावनमार्ग र टर्मिनल भवनको निर्माण सम्पन्न हुने र तोकिएको समयभित्रमै बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यसबारे कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका पर्यटनमन्त्री अधिकारीले धावनमार्गको उत्तर र दक्षिणतर्फ चार÷चार लेनको सडक मार्ग विस्तार हुने जानकारी दिए । उनका अनुसार विजयपुर खोलामा अर्को पुल निर्माण गरिनुपर्छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.