www.tandavnews.com
Fact ~ In search of truth

लागू औषध नियन्त्रण अभियान अन्तर्गत गाँजा फडानी

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्लामा लागू औषध नियन्त्रण न्यूनिकरणका लागि गाँजा फडानी अभियान सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा, सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम, सामाजिक संघ संस्था लगायत जनप्रतिनिधिहरुको सहकार्यमा आज देखि पोखराको लेकसाइडबाट अभियान सञ्चालन गरिएको हो ।

Batas

जिल्लामा बढ्दो लागू औषधको दूव्र्यसनी न्यूनिकरणका लागि गाँजा फडानी अभियानले सार्थकता पाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी ओमबहादुर रानाले बताए ।

प्राकृतिक रुपमा प्राय खोल्सा खाल्सी पाखाहरुमा उम्रिएका गाँजाका बोटहरु सबै खोजी गरी सम्बद्ध सबै सरोकारवाला पक्षहरुको सहकार्यमा जिल्ला भरीमै अभियान थालिने उनको भनाई छ ।

कास्की नेपालमै लागू औषध प्रभावमा तेस्रो स्थानमा पर्छ । काठमाडौं, सुनसरी पछि कास्की जिल्ला तेस्रो स्थानमा रहेको नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखाको तथ्यांकले जनाएको छ ।

याे पनि पढ्नुहाेस् 

‘इलिगल ड्रग्स एडिक्सन’मा पोखरा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.