पोखरा,
बिनिता सुनार
साहित्यकार एवं गायिका अम्बिका भण्डारीको स्वर तथा लयमा रहेको अम्बिका नेपालीको तीज गीत ‘फूल फुल्यो’ को भिडियो समीक्षा शनिबार गरिएको छ ।
रेडियो सफलता १०४.३ मेगाहर्जले आयोजना गरेको समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका उपसाभामुख माननीय सृजना शर्माले उक्त तीज गीतले हाम्रो मौलिकता झल्काएको भन्दै खुसी व्यक्त गरिन् । ‘हिजो आजको गीतहरु परिवारसँग बसेर हेर्न नसक्कने हुन्छ, ’ उनले भनिन्, ‘समाज परिवर्तनमा गीतले पनि ठूलो भुमिका निर्वाह गर्नेछ ।’

कार्यक्रममा बोल्दै जगतनाथ रेग्मीले आगमी दिनहरुमा पनि सामाजिक संस्कृति झल्किने भाका सुन्न पाउँ भनी शुभकामना व्यक्त गरे । कार्यक्रममा साहित्यकार असफल गौतम, लोक तथा दोहोरी गीतका प्रतिष्ठान गण्डकीका महासचिव सुरेन्द्र गुरुङ, छन्दिका घिमिरेले लगायतले व्यक्त गरे ।
रेडियो सफलता १०४.३ मेगाहर्जका पूर्व कार्यक्रमम संचालिका प्रमिला बरालले सञ्चालन गरेको कार्यक्रममा रेडियो सफलताका प्रबन्घक निर्देशक दुर्गा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.