www.tandavnews.com
Fact ~ In search of truth

सेती नदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रक कारबाहीमा

पोखरा । 

पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ ।

आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०/१० हजार जरिवाना गरेको हो । वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो ।

Batas

महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग १ ख ७८०२, ग १ ख ६४८४, ग १ ख ७१५७ र ग १ ख ४०९९ नम्बरका मिनी ट्रक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको टेन्डरको समय सकिएको र यो वर्षलाई टेन्डर नभएको अवस्था अवैध रुपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले सक्रिया बढाएको छ ।

महानगरपालिकाले यो आर्थिक वर्षको लागि विभिन्न घाटको टेन्डर आह्वान गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.