www.tandavnews.com
Fact ~ In search of truth

वाणिज्य संघको सफल राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १० लाख बचत

पोखरा
ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ०७४ पुस २७ गते देखि माघ ८ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा सम्पन्न भएको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला ०७४ को आयव्यय सार्वजनिक गरिएको छ ।

संघको अमृत कक्षमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विश्व शंकर पालिखेले आयव्यय सार्वजनिक गरे । मेलाबाट १ करोड १८ लाख २६ हजार ७ सय ९३ रुपैयाँ आम्दानी त्यसैगरी १ करोड ७ लाख ७० हजार ९ सय ६ रुपैयाँ खर्च भई १० लाख ५५ हजार ८ सय ८६ रुपैयाँ बचत भएको अध्यक्ष पालिखेले बताए ।

Batas

मेलामा करिब १ लाख ८० हजार अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गरेको संघले जनाएको छ । मेला अवधिभर ४८ हजार ४ सय ६० जनाले टिकट काटेर मेलास्थल प्रवेश गरेको संघका महासचिव दामु अधिकारी जानकारी गराए ।

औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका सामग्री, सूचना प्रविधि, शिक्षा एवं स्वास्थ्य, पर्यटन लगायतका उत्पादन तथा सेवाहरुलाई प्रबद्र्धन र बजारीकरण गर्न संघले वर्षेनी आयोजना गर्ने व्यापार मेलाले सघाउ पुर्याएको कार्यक्रममा जनाईएको थियो ।

मेलाको प्रमुख आर्कषण रहेको बम्पर उपहार स्वरुपको कार पर्वतका १५ वर्षीय सन्दिप लामिछानेलाई यस अघिनै हस्तान्तरण गरिसकिएको छ । करिब १८ लाख मूल्य बराबरको उक्त कार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

सधैं झैं यस वर्ष पनि आउँदो मंसिर १३ गतेदेखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘एक्स्पो पोखरा’ नाम दिई संघले मेला आयोजना गर्न लागेको जनाएको छ ।

पोखरा एक्स्पोलाई सफल बनाउन उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा प्रायोजन व्यवस्थापन उपसमिति गठन भई काम अघि बढेको अध्यक्ष पाखिलेले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.