www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकल ट्रकसँग ठक्कर खाँदा मञ्जित गुरुङको मृत्यु

तनहुँ
ताण्डव न्यूज ।

तनहुँको आबुखैरेनी गाउँपालिका–२, मार्की चोक ड्याम स्थित पृथ्वीराजमार्गमा आज (मंगलबार) बिहान दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
आबुखैरेनीबाट डुम्रे तर्फ जादैँ गरेको ना ४ ख ५३५५ नम्बरको ट्रकसँग विपरित दिशाबाट आउँदै गरेको ग ६ प २९ ८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक सोही जिल्ला मिर्लुङ निवासी २९ वर्षीय मञ्जित गुरुङको ज्यान गएको हो ।

दुर्घटना पश्चात्त तत्कालै छिम्केश्वरी अस्पताल पु¥याइए पनि उपचारको क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

ट्रक चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.