www.tandavnews.com
Fact ~ In search of truth

लायन्स पोखरा युनाइटेड चौतारीद्धारा बालबिकास केन्द्रमा निर्माण सामाग्री प्रदान

पोखरा ।

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले पोखरा १४ सेतीदोभान नमुनाटोलमा रहेको बाल बिकास केन्द्रलाई निर्माण सामाग्री प्रदान गरेको छ ।

क्लवले नमुनाटोलमा सञ्चालित बाल बिकास केन्द्रको ट्रस निर्माणका लागी नगद २५ हजार बरावरको सामाग्री प्रदान गरिएको हो । एम जे एफ लायन तीर्थलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नमुनाटोलमा रहेका अति विपन्न बालबालिकाका लागी अध्ययन गर्ने भवन निर्माणका सामाग्रीहरु प्रदान गरिएको थियो ।

Batas
machhapuchre
madi

सो अवसरमा वोल्दै लायन तीर्थलाल श्रेष्ठले सामाजिक काममा अगाडी वढिरहेको पोखरा युनाइटेड चौतारीले अति विपन्न तथा गरिव विद्यार्थीहरुका लागी पोखरा १४ सेतीदोभानमा रहेको नमुना टोलमा बाल बिकास केन्द्र निर्माण सामाग्री प्रदान गरेर विपन्न विद्यार्थीहरुको सेवामा समर्पित भएकोमा धन्यवाद ब्यक्त गरे ।

सो अवसरमा वोल्दै नमुना टोल बिकास संस्थाका अध्यक्ष बिकास परियारले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले आफ्नो टोलमा रहेका अति विपन्न वालवालिकाहरुका लागी सञ्चालित बाल बिकास केन्द्र निर्माणको लागी सहयोग गरी ठूलो गुन लगाएको वताए ।

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मसिना आधारभुत विद्यालयका अध्यक्ष जगननाथ तिमिल्सिना, जोन चियर पर्सन लायन सुशिला सिग्देल लगायतले वोलेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका सचिव लालकाजी गुरुङले गरेका थिएभने स्वागत मन्तब्य क्लवका उपाध्यक्ष जयराम आचार्यले स्वागत मन्तब्य राखेका थिएभने क्लवका पूर्व अध्यक्ष शान्ता बहादुुर थापाले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.