www.tandavnews.com
Fact ~ In search of truth

लभ्ली डाँडा फलोअप : जग्गा हडप्ने हठ नछाडे पुलिस फोर्स र मुद्धा लगाइने

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

राष्ट्रिय वनसँग जोडिएको जग्गामा केही स्थानीयले अझैपनि गिद्धे नजर लगाइरहेका छन् । हामीले पटक–पटक खबरदारी गरेपनि सम्बन्धीत निकायको कदममा प्रभावकारीता देखिएको छैन ।

सार्वजनिक जग्गामा विभिन्न रणनीति अपनाएर हडप्न खोजीएको छ । कहिले अन्नबाली लगाउने भन्दै खनिएको पाइन्छ त कहिले वृक्षारोपणको नाउँमा जथाभावी खाडल बनाएर छाडिएको छ ।

Batas

घटना पोखरा महानगर १८ को हो । यहाँ स्थित लभ्लीडाँडाको जग्गा हडप्न माफियाले निकै कसरत गरिरहेका छन् । यो कसरत त्यहाँका स्थानीयले २०५६ सालदेखि गरिरहेका छन् ।

यता वडाध्यक्ष रणबहादुर थापासँग पनि जग्गा सार्वजनिक हो भन्ने सबै प्रमाण छन् । आज बसेको विभिन्न निकायको छलफलमा पनि यो कुरा उठेको थापाले ताण्डव न्यूजलाई बताए ।

‘सिडिओ, जिल्ला वन, महानगर, अख्तियारसँगको आजको बैठकमा यसको बारेमा कुरा भएको थियो । मैले सबै कुरा सुनाएँ उहाँहरुलाई’ वडाध्यक्ष थापाले भने, ‘सार्वजनिक जग्गा हो । कुनै पनि हालतमा त्यो जग्गा ब्यक्तिगत प्रयोजनका लागि प्रयोगमा ल्याउन नदिन म लागिपरेको छु ।’

जिल्ला वन कार्यालय पनि यसबारे बेखबर थियो । ताण्डव न्यूजले जेठ २८ गते जानकारी गराएपछि वन कार्यालयका कर्मचारी अनुगमन गर्न पुगे । जग्गा वनसँग जोडिएको थाहा भएपछि जिल्ला वन कार्यालय कास्कीका अधिकृत केदार बरालले प्रहरी प्रशासन लगाएरै भएपनि व्यक्तिगत प्रयोजनका लागि प्रयोगमा ल्याउन नदिने बताएका थिए ।

आजको बैठकमा के कुरा भयो ? भन्ने प्रश्नमा अधिकृत बरालले भने ‘जग्गा हडप्न खोज्नेहरुसँग पनि कुरा भयो । सुरुमा निकै एग्रेसिभ्ली प्रस्तुत भएका थिए । बाउबाजेले प्रयोग गर्दै आइरहेकाले आफूहरुले पनि प्रयोग गर्न पाउनुपर्ने बताएका थिए । तर , हामीले जग्गा वन क्षेत्रमा पर्छ । कुनै हालतमा प्रयोग गर्न पाइदैन भनेका छौं । यदि हडप्नै खोजीयो भने , पुलिस फोर्स लगाएरै भएपनि हटाइन्छ र मुद्धा चलाइन्छ ।’

ताण्डव न्यूज आज उक्त स्थानमा पुग्दा अवस्था पहिलेको भन्दा अझै गम्भिर देखियो । वृक्षारोपणका नाउँमा खाडलहरु खनिएका छन् । कोही पनि त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने हेतुले उक्लिने ठाउँ नै भत्काइएको छ । रुखका हाँगाहरुले बार लगाएर राखिएको उक्त क्षेत्रमा प्रवेश निषेध लेखिएको बोर्ड पनि पहिलेकै अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

फलोअप नं १ : ‘जग्गा कब्जा गरे प्रहरी/प्रशासन लगाएर हटाउँछौं’

सार्वजनिक जग्गा व्यक्तिको कब्जामा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.