www.tandavnews.com
Fact ~ In search of truth

विरौटा साझा चौतारीको वृक्षारोपण

पोखरा ।

लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीको वृक्षारोपण कार्यक्रम विहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम फेवातालको किनारामा अवस्थित केदारेश्वर मन्दिर परिसरमा कार्यक्रम आयोजना गरियो । वृक्षारोपण कार्यक्रम मार्फत मन्दिर परिसरमा फलफुल तथा विभिन्न प्रजातीका विरुवा रोपिए ।

पूर्व मल्टिपल काउन्सील चियर पर्सन दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामो कार्यक्रम भएको थियो । कार्यक्रमा बोल्दै उनले साउनको महिनामा पवित्र धार्मिक तिर्थस्थल केदारेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेकोमा खुशी व्यक्त गरे । वृक्षरोपण गरे पश्चात क्लबले त्यसको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

Batas

लायन्स क्लव अफ ३२५ वि १ नेपालका चिफ पिआरओ परमेश्वर बरालले लायन्सको नियमित कार्यक्रमको रुपमा रहेको वृक्षरोपण कार्यक्रमको निकै महत्व रहने बताए । सिनियर डिस्ट्रिक एडभाइजर विशेश्वर आचार्यले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान दिने भनाइ राखे ।

विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा क्लबले डिष्ट्रिकमा पेश गरेका कार्यक्रमलाई प्रभावकारी ढगंले सम्पन्न गर्ने बताइन् । जहाँ आवश्यकता तहाँ लायन्स भन्ने लायन्सको मुल मर्मलाई आत्मसाथ गर्दै कार्यक्रम गरिने उनको भनाइ थियो ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक डेपुटी डिपार्टमेन्ट चिफ बालकृष्ण बराल, रिजन चियर पर्सन विधाता द्धा, विरौटा साझा चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन दुर्गा कुमारी आचार्य, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन सन्तोष घिमिरे, पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपाल, विरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष सावित्रा पौडेल, सचिव कल्पना अर्याल, कार्यक्रम संयोजक मेनका पौडेल लगायतले वृक्षारोपण कार्यक्रमको बारेमा भनाइ राखेका थिए ।

सोही अवसर पारी कार्यक्रम संयोजक मेनका पौडेलको वर्थ डे सेलिब्रेसन समेत गरियो । विरौटा साझा चौतारी ४ वर्ष अघि स्थापना भएको विभिन्न क्षेत्रका महिलाहरु आवद्ध भएको लायन्स क्लव हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.