पोखरा
ताण्डव न्यूज ।
सिएम अक्वा वेभरेज प्रालिद्धारा उत्पादित टूडेज मिनरल वाटर कम्पनीलाई २ लाख धरौटी तिराई नियमित तारेखमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको आदेश अनुसार कम्पनीले २ लाख धरौटी तिरि नियमित तारेख धाउने भएको छ ।
असार २९ गतेको आदेश अनुसार साउन २८ गते अर्को तारेख तोकिएको छ । टूडेज मिनरल वाटर (जार) को पानीमा कोलिफर्म भेटिएपछि कम्पनी बन्द गराएर कारवाही प्रक्रियामा ल्याइएको सहायक सिडिओ गंगाबहादुर क्षेत्रीले बताए ।

‘कोलिफर्म भेटिएपछि असार २७ गतेदेखी कम्पनी बन्द गरिएको हो,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गर्दा टुडेजको जारमा यस्तो फेला परेपछि कानुनी दायरामा ल्याएका हौ ।’
असार २७ गते प्रशासनको टोलीले कम्पनी सिलबन्दी गरेर म्यानेजर कपिल श्रेष्ठलाई हिरासतमा लिएको थियो । कपिल पोखराका नामुद व्यवसायी मथुरा श्रेष्ठ (मथुरा साहू) का नाती हुन् ।
यो पनि पढ्नुहोस्
मथुरा साहूको पानी कम्पनीमा सिलबन्दी
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.