www.tandavnews.com
Fact ~ In search of truth

बाेल्याे विवेकशील : केसीको मुद्धामा पार्टीगत अडान थिएन

काठमाडौँ (रासस)

विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ ।

सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सडकमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो ।

Batas

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं पार्टीको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले व्यक्तिगत हैसियतमा सहजीकरण गरेकामा त्यसबारे गलत सन्देश प्रवाह गरिएको दाबी गरे ।

“वार्ता र सहमतिका लागि हाम्रो पार्टीको कुनै अडान थिएन । हामीले पार्टीको व्यानर लिएर सडकमा गएका पनि थिएनौँ । यस्ता विषयलाई राजनीतिक लाभका रुपमा कुनै पनि दलले उपयोग गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ ।”

सरकार र डा केसीबीच गत बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्नेलगायत विभिन्न नौ बुँदे सहमतिपछि केसीले २७ औं दिनको अनसन तोडेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.