www.tandavnews.com
Fact ~ In search of truth

गैचीको बिडले हानेर श्रीमती मारे कमलले

पोखरा
ताण्डव न्यूज ।

मादक पदार्थ सेवन गरी घरायसी झगडा हुँदा एक महिलाको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–२७, तालचोकस्थित ६३ वर्षीय कमल कुमालले ५५ वर्षीय आफ्नै श्रीमती सुन्तली कुमाललाई गैचीको बिडले कुटपिट गर्दा ज्यान गएको हो ।

Batas

कुटपिट पश्चात्त सख्त घाइते भएकी सुन्तलीको लेखनाथ, शिशुवाको सामुदायिक अस्पतालमा उपचारको क्रममा आज दिउँसो झण्डै २ः३५ बजे निधन भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले कुटपिट गर्ने कमल कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी गराएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.