www.tandavnews.com
Fact ~ In search of truth

मादी गाउँपालिका : जग्गा विवादमा हानाहान, हँसियाको प्रहारबाट रुम बहादुर घाइते

पोखरा
ताण्डव न्यूज ।

मादी गाउँपालिकामा जग्गा सम्बन्धी विषयमा विवाद हुँदा धारिलो हतियार (हँसिया) र लाठीले एक अर्कालाई हानाहान गर्दा एक जना गम्भीर घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर १२, हाँडिखोला स्थित ६९ वर्षीय मिनबहादुर भुजेल र ६० वर्षीय रुम बहादुर क्षेत्री जग्गा विवादमा हँसिया र लाठी हानाहान हुँदा रुमबहादुर क्षेत्री घाइते भएको प्रहरीले जनाएको छ ।

Batas

घाइते क्षेत्रीको उपचारको लागि लेखनाथ सामुदायिक अस्पताल शिशुवा ल्याइएको छ ।

कुटपिट गर्ने मिनबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान अघि बढाईरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.