www.tandavnews.com
Fact ~ In search of truth

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा

काठमाडौँ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् ।

मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वाचित भएका छन् ।

यस्तै मञ्चको सदस्यमा क्रमशः जीवन थपलिया, देवीकृष्ण रोकाया, राममणि रिजाल र कुमार बानियाँ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ११ पदाधिकारी निर्वाचनबाट चुनिएका हुन् भने बाँकी तीन सदस्य मनोनित गरिनेछन् ।

निर्वाचनमा सिम्खडा र बासु पाण्डेको समूहले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्खडाले व्यावसायिक एकताका साथ सहरकेन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु¥याउने बताए। नमूना घरबास कार्यक्रम ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तर्राष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई अघि बढाइनुका साथै उत्कृष्ट होमस्टे गन्तव्यमा सरकारी कर्मचारीलाई ‘लिभ होलिडे’ को व्यवस्था मिलाउन पहल गर्ने उनले बताए ।- रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.