www.tandavnews.com
Fact ~ In search of truth

नमस्ते एजुकेशन सर्भिसेसको शाखा पोखरामा

पोखरा ।

नमस्ते एजुकेशन सर्भिसेसले  पोखरा न्यूरोडमा शाखा खाेलेकाे छ । प्रबन्ध निर्देशक एवम् एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले शाखाकाे उद्घाटन गरे ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नमस्ते एजुकेशनले काठमाडौं, भरतपुर, बुटबलपछि पोखरामा शाखा कार्यालय स्थापना गरेको हो ।

Batas

युवाहरुलाइ शैक्षिक परामर्श र माइग्रेसनमा सहजीकरण गर्ने उद्धेश्यले आफ्नै होमटाउनमा शाखा खोलेको संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र सिग्देलले जानकारी दिए ।

जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् अन्तर्राष्ट्रिय समन्वय संयोजन समितिका संयोजक धु्र्वराज चालिसेले उच्चशिक्षाका लागि विदेशको सपना देख्ने पुस्तालाई यस्ता संस्थाले सहजीकरण गर्दै सेतुको काम गर्ने भएकाले विद्यार्थी र अभिभावक दुवैलाई सहयोग पुग्ने बताए ।

अष्ट्रेलिया केन्द्रित एजुकेशन सर्भिसेसले यसवर्षको अक्टोबर-नोभेम्बर र सन् २०१९ को फेब्रुअरी-मार्च सेसनलाई घरैबाट आवेदन दिनका लागि सहजीकरण गर्ने जनाइएकाे छ ।

सन् २००८ मा सिड्नी र काठमाडौंबाट सेवा प्रारम्भ गरेको नमस्तेले वेस्र्टन सिड्नी युनिभर्सिटी, फेडरेशन युनिभर्सिटी, सेण्टर क्वीन्सल्याण्ड युनिभर्सिटी लगायतका संस्थासँगको आवद्धताले उच्चशिक्षाको परामर्शमा भरपर्दो र विश्वासिलो वातावरण बनाएको सञ्चालकको दाबी छ ।

प्राविधिक एवम् दक्ष जनशक्तिको बसाइसराइ र रिसर्च कोर्षका लागि संस्थाले सहजीकरण गरिरहेको काठमाडौं निर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.