www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ठूलो मात्राको लागु औषध सहित पक्राउ परे सुनिल

पोखरा
ताण्डव न्यूज ।

पोखरामा ठूलो परिमाणको लागु औषध सहित एक युवा पक्राउ परेका छन् ।

धादिङ बैरेनी–८, घर भई हाल पोखरा लेखनाथ महानगरपालिका–९, नयाँबजार बस्ने २३ वर्षीय सुनिल काराखेती पक्राउ परेका हुन् ।

Batas

विशेष अनुसन्धानको क्रममा प्रहरी टोलिले सुनिललाई विरौटा नहरबाट पक्राउ गरी उनी सवार ग ५ प ५९४३ नं.को स्कुटर सहित डाइजापाम २९६, फेनारागन २०१, नर्फिम २९५ पिस बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ सुनिललाई प्रहरी हिरासदमा लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.