www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा चलेनन् वायोपिक

सुशन घिमिरे
पोखरा, ताण्डव न्यूज ।

हलमा बोबी चलिरहेको छ । निर्देशक मिलन चाम्सको भनाईमा यो फिल्म वायोपिक हो । एक जोडीको वास्तविक कथामा उनीहरुलाई नै पर्दामा उतारिएको छ । फिल्मको व्यापार आशा गरे भन्दा राम्रो छ । तर फिल्मको लगानी बढि हुँदा व्यापारमा फाइदा नै पुग्छ भनेर ठ्याक्कै भन्न सकिदैन ।

वलिउडमा ‘सन्जु’ले धमाका मच्चायो । करिब ५ सय ८० करोड नजिकको व्यापार गर्न सफल भयो । सन्जय दत्तको जिवनीमा बनेको फिल्मलाई कतिपयले उनको बचाउ मात्रै गरेको भनेर आलोचना गरे ।

Batas

फिल्मले नेपालबाट पनि राम्रै पैसा कमायो । वलिउडमा ‘मेरी कोम , दंगल , एमएस धोनी द अन्टोल्ड स्टोरी’ पछिल्ला सफल वायोपिक हुन् । पूर्व पोर्न स्टार वलिउड अभिनेत्री सन्नी लियोन माथि बन्न लागेको वायोपिकको यतिबेला वलिउडमा चर्चासँगै विवाद चुलिएकोे छ ।

नेपालमा वायोपिक फिल्म अहिले न पहिले,चल्नै सकेनन् । दृष्टिविहिन सृष्टि केसीको जिवनीमा बनेको फिल्म ‘व्लाइन्स रक्स’ले फल्पको सूचीमा नाम लेखायो ।

केही बर्ष अगाडी भजनशिरोमणी भक्तराज आर्चायको जिवनीलाई देखाइएको फिल्म ‘आचार्य’ रिलिज भयो । प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्म चलेन । भक्तराजका छोरा सत्यराजले अभिनय गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको जिवनीमा आधारित ‘आदिकवि भानुभक्त ’ २०५६ व्यापार राम्रो गरेन । यादव खरेल निर्देशित फिल्ममा दिलिप रायमाझी मुख्य भुमिकामा थिए ।

नेपाल संवत् स्थापनाकार शंखधर साख्याको जिवनीमा एनिमेडेट फिल्म बन्यो ‘द लिजेन्ड अफ शंखधर’ । स्यानुभक्त श्रेष्ठले निर्देशन गरेको फिल्ममा किरण केसी राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय छ ।

‘रदाने’ नामक वायोपिक फिल्म रिलिजको तयारीमा छ । रुपचन्द्र बिष्टको जिवनीमा बनेको फिल्म चल्न सके असफल वायोपिक फिल्म यात्रामा व्रेक लाग्ने छ । केहि बर्ष अघि स्वर्गीय पूर्व युवराज दिपेन्द्र शाहको जिवनीमा ‘दिपेन्द्र सरकार ’ बन्ने भनेर तामझामका साथ घोषणा गरियो । तर फिल्म सुरु हुन सकेको छैन । सन्तोष सेनले बनाउने फिल्ममा प्रदिप खड्कालाई मुख्य भुमिका रहने छ ।

मदन पुरस्कार विजेता झमक घिमिरेको जिवनीमा ‘जीवन काँडा कि फूल ’ फिल्म प्रि प्रोडक्सनमा छ । घिमिरेको आत्मकथामा ‘जीवन काँडा कि फूल ’ पुस्तकमा आधारित फिल्मको निर्देशक विनोद विष्ट हुन् ।

हलिउडदेखि वलिउड सम्म वायोपिक सफल भइरहदा नेपालमा हुन सकेनन् । वायोपिक फिल्म फल्प भइरहदा फिल्म बनाउने आँट धेरैले गर्न सकेनन् । नेपालमा वायोपिक अति कम बनेका छन् ति पनि सफल छैनन् । यसकारण पनि फिल्म बनाउने आँट धेरैले गरेनन् ।

वलिउडको वायोपिक लहरले नेपाली फिल्म क्षेत्रलाई अझै छुन सकेको छैन । तर सन्जुकोे व्यापार र क्रेज भने वायोपिक फिल्म तर्फ सोच्ने चाही बनाएको छ । वायोपिक बनाउनु आफैमा कठिन काम हो । वास्तविक कथालाई न्याय गर्न सक्ने क्षमता चाहिन्छ ।

नेपालमा भने एक्सन, रोमान्स र कमेडी फिल्महरुको हालीमुहाली छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.