www.tandavnews.com
Fact ~ In search of truth

पालिखे चोकमा चल्यो डोजर… (फोटो फिचर)

पोखरा
ईश्वर देवकोटा/ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिकाको मुटु क्षेत्र मानिने पालिखे चोकमा अवस्थित संरचनामा डोजर चलाइएको छ ।

महानगरपालिकाको पहलमा ४० वर्ष देखि अवस्थित बसन्त उदास, दुधमान उदास र मिश्री उदासको संयुक्त स्वामित्वमा रहेको उक्त घरमा डोजर लगाइएको हो ।

Batas

पोखरा महानगरमा जनप्रतिनिधि चुनिएर आइसके पश्चात्त अत्यधिक चहलपहल हुने क्षेत्रमा अवस्थित उक्त घरहरु हटाउनका लागि विभिन्न चरणमा छलफल गरी मुआब्जा दिने निर्णय सहित संरचना हटाउन जग्गाधनी राजी भएका हुन् ।

साविकको ४३५ हालको १४ कित्ता नं. रहेको उक्त जग्गाको ६०.६० वर्ग मिटर क्षेत्रफल रहेको छ । सो क्षेत्रफल महानगरले आफ्नो स्वामित्वमा ल्याउन ७३ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जा हस्तान्तरण गरी उक्त घर, जग्गा अधिग्रहण गरिएको महानगर–४, का वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

पालिखे चोकमा रहेका अन्य घरहरुमा पनि केही दिन भित्रमा नै डोजर लगाई खाली गरिने वडाध्यक्ष बास्तोलाको भनाइ छ । ‘टेलिफोन वितरण लाइनको वक्स स्थानान्तरण गर्न केही दिन लाग्ने देखियो,’ उनले भने, ‘टेलिफोन लाइनको तारहरु व्यवस्थित रुपमा स्थानान्तरण गरे लगत्तै घर भत्काइने छ ।’

भत्काउन बाँकी रहेका घरहरु किशोरी देवी श्रेष्ठ, प्रदिप शंकर पालिखे, कृष्णमान श्रेष्ठको रहेको छ । जसको क्षेत्रफल क्रमशः ५४.१० वर्ग मिटर, ३३.८० वर्ग मिटर, ५०.४५ वर्ग मिटर छ । उल्लिखित सबै जग्गा धनिको मुआब्जा हस्तान्रण गर्ने निर्णय महानगरले गरिसकेको छ ।

दोस्रो चरणमा मुआब्जा वितरणमा परेका कृष्णमान श्रेष्ठ र किशोरी देवी श्रेष्ठले मेयर मानबहादुर जिसी जापान भ्रमणबाट फर्के लगत्तै रकम पाउने महानगर स्रोतले जनाएको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.