www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले घर भत्किदा साढे ४ लाख क्षति

पोखरा ।

गएराती परेको अविरल वर्षाका कारण घर भत्किदा ४ लाख ५० हजार भन्दा बढी क्षति भएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर काउले बस्ने काशिराम अधिकारीको दुई तले घर भत्किदा अन्दाजी ३ लाख मूल्य बराबरको धनमालतको क्षति भएको छ ।

Batas

ढुङ्गा माटोले बनेको टिनले छाएको उक्त घर भत्किदा घर भित्र रहेको अन्नपात, लत्ता कपडा, भाडा बर्तन सवै पुरिएको, घर पुर्ण रुपमा क्षति हुन पुगेको छ ।

त्यस्तै सोही राती ढोरपाटन नगरपालिका १ स्वरबोट बस्ने हरिमाया अर्गेजाको एक तले घर भत्किदा १ लाख ५० हजार मूल्य बारको क्षति भएको छ । टिनको छाना भएका घरमाथिबाट आएको पहिरोको कारण घर भित्र रहेको भाडा बर्तन लत्ता कपडा अन्नपात समेत पुरिएको छ ।

दुबै घरमा ३ जनाको परिवार रहेकोमा अहिले उनीहरु छिमेकीको घरमा विस्थापित भइ बसेको प्रदेश नम्बर ४ प्रहरी कार्यालयले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.