www.tandavnews.com
Fact ~ In search of truth

ग्लोबल रिचको अष्ट्रेलियन युनिभर्सिटी फेयर आइतबार

पाेखरा । 

ग्लोबल रिचको पोखरा शाखाले ‘अष्ट्रेलियन युनिभर्सिटी फेयर २०१८’ आयोजना गरेको छ ।

साउन २० गते आइतबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा फेयर हुँदैछ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको ग्लोबल रिच पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।

Batas

फेयर बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म फेयर सञ्चालन हुनेछ । फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधि प्रत्यक्ष सहभागी हुँदैछन् ।

सन् २०१५ मा भाटभटेनीमा स्थापना भएको हो ग्लोबल रिचले पोखरामा वर्षमा २ पटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आइरहेको छ ।

अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास छ रहेको उनले बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.