पाेखरा,
नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेड् र त्रियुगा नगरपालिका बिच आज एक औपचारिक कार्यक्रम माझ बीमा सुबिधा आदान प्रदान गर्ने सहमती सम्पन्न भयो ।
राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा सम्पन्न उक्त सहमतीमा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझीले हस्ताक्षर गरे ।

नगर क्षेत्रमा रहेका नगरबासीहरुको आवसिय भवन, बाली तथा पशु बीमा अब देखी राष्ट्रिय बीमा कम्पनी लिमिटेड् मार्फत गर्ने ब्यबस्था गरिएको छ । बीमा गरिएका सम्पत्ती, बाली तथा पशु धनको हानी नोक्सानी भएमा नगरपालीकाको सिफारिसमा सरल तारिकाबाट क्षतिपूर्ती गरिने ब्यबस्था समेत यो सहमतीले गरेको छ ।
“गत केही बर्षहरुमा प्राकृतिक बिपदहरुका कारण देशमा घेरै घनजनको क्षती भएको अबस्थामा सधै केन्द्र सरकारको मुख ताकेर बस्नु भन्दा आफै ब्यवस्थित बन्नु राम्रो हो भन्ने उद्धेश्यले नगरबासीको सुरक्षामा घ्यान दिएका हौ, कार्यबिधी बनाएर, नगरपालीकाले गरिब तथा बिपन्न बर्गलाई बीमा शुल्कमा निश्चित प्रतिशत अनुदान दिनेछौ” नगर प्रमुख बलदेव चौधरीले भने ।
“आम नागरिकहरु बीमाको पहुचबाट टाढा रहेको अबस्थामा, बीमामा नागरिकको पहुच पुर्याउदै भबिश्यमा हुन सक्ने हानी नोक्सानीमा सरकारको मुख ताक्न नपरोस भन्ने उद्धेश्यले यो सहमती गरिएको हो” राष्ट्रिय बीमा कम्पनी लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत श्री वीर बिक्रम रायमाझीले भने ।
सहमतीको कार्वन्यन पछी नागरिकको सुरक्षा र क्षतीपूर्तीमा सरकारलाई न्यून भार पर्ने छ भने बीमाको माध्यमबाट उचित मूल्य अभिबृर्दी कर समेत सरकारलाई प्राप्त हुने बिश्वास लिईएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.