www.tandavnews.com
Fact ~ In search of truth

सांग्रिला बैंक अब मोरङको टंकी सिनुवारीमा पनि

मोरङ ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ जिल्लाको टँकी सिनुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ ।

बैंकले श्रावण १८ गतेको शुक्रवार देखि उक्त शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

Batas

उक्त अवसरमा प्रमुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुरक्षा समेत हुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गरेको बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए ।

यस शाखा शुभारम्भ पश्चात विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.