www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा बैठक : शोकप्रस्ताव पारित

काठमाडौँ  ।

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।

Batas

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गर्नुभएका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए । पंगेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयघात भई निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.