www.tandavnews.com
Fact ~ In search of truth

पोखरा टावरमा भदौ १७ देखि मोबाइल एक्स्पो

पोखरा ।

महेन्द्रपुलमा रहेको पोखरा मोवाइल टावरमा आगामी भदौ १७ गतेदेखि मोबाइल एक्स्पो हुने भएको छ । पोखरा टावर प्रालि महेन्द्रपुल पोखराले सञ्चालन गरेको टावरमा हुने एक्स्पो भदौ २७ गतेसम्म ११ दिन चल्नेछ ।

मोवाइल टावर सञ्चालक समितिले आइतबार पत्रकार सम्मेलन गरी टावरको औपचारिक शुभारम्भसहित पोखरा टावर मोवाइल एक्स्पो २०७५ गर्ने जानकारी दिएको हो । समितिका अध्यक्ष उदय केसीले टावर गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट भएको दाबी गरे ।

Batas

उनले भने, ‘यो गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट हो । निशुल्क पार्किङ, सहरको मुख्य केन्द्रको अवस्थिति, ८० वटा मोवाइलका होलसेल र रिटेल पसल लगायतका सेवा दिएर हामी यो क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका छौं ।’ उनले मोबाइल टावर औपचारिक रुपमा सञ्चालनमा आएपछि व्यवसायी र आफ्नो रोजाइका मोबाइल खरिदकर्ता दुवैलाई फाइदा हुने उल्लेख गरे ।

मेलाका प्रचार संयोजक नारायण सुवेदीले मेलमा विभिन्न कम्पनीका मोवाइलमा ५ देखि ५० प्रतिशतसम्म छुट, हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने बताए ।

उनले भने, ‘सबै प्रकारका कम्पनीका मोवाइल, सर्भिस सेन्टर होलसेल र खुद्रा पसल पोखराकै केन्द्रा हुँदा हामी मोबाइल खरिदकर्ताको सबैभन्दा उपयुक्त स्थल बन्ने छौं ।’ मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ ।

मेला अवधिभर पोखरा मोबाइल टावरमा मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेलमा टावर बिहान ८ बजेदेखि राति ८ बजेसम्म खुला रहने बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.