www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा जनसेवी लघुवित्तको वार्षिक समिक्षा तथा रणनीति गोष्ठी सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

सफल जनसेवी लघुवित्त वित्तिय संस्था लि.को आ.ब ०७४/०७५ को बार्षिक समिक्षा तथा ०७५/०७६ को रणनिति सम्बन्धि एक दिवसीय गोष्ठी पोखरामा सम्पन्न भएको छ ।

पर्वत जिल्लाको कुश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लमा २१ वटा शाखा कार्यालयहरु मार्फत लघुबित्त कार्यक्रम विस्तार गर्न सस्थाले गोष्ठी सम्पन्न गरेको हो ।

Batas

सफल जनसेवी लघुबित्त संस्थाका अध्यक्ष विकास गौचनको अध्यक्षतमा शुरु भएको कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष र पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ उप्रेती, सस्थाको प्रगतीका लागि संचालक, व्यवस्थापन र शाखा प्रवन्धक लगायत सम्पुर्ण कर्मचारीलार्इ अनुशासित भर्इ कार्य गर्नू पर्ने सुझाव दिएको सस्थाको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले जनकारी दिए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विकास गौचनले शाखा प्रवन्धहरुलाई संस्थाको पक्षमा निरन्तर लागिरहन आह्वन गरे । कर्जा निक्षेप बढाउनका साथै आ.ब ०७५/०७६ को लागि प्रक्षेपण गरिएको कर्जा लगानी  ८४ करोड र नाफा .२ करोड पुर्याउने काममा लाग्न प्रोत्साहित गदै कर्मचारीहरुको सेवा सुविधा बढाइने, राम्रो काम गर्नेलाई पुरस्कृत गरिने र गलत गरिनेलाई दण्डित गर्ने जानकारी गराए ।

कार्यक्रममा आ.ब ०७४/०७५ को बार्षिक समिक्षा तथा आ.ब ०७५/०७६ को रणनीति बारे सहायक प्रवन्धक हर्ष बहादुर स्याङ्गतानले शाखाका कार्यालय प्रमुखहरुसंग अन्तक्रिया गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.