www.tandavnews.com
Fact ~ In search of truth

रातको कथा : सेक्स कमेडी फिल्म ‘मिस्टर भर्जिन’

पोखरा
ताण्डव न्यूज ।

भदौ १ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर भर्जिन’ युनिट पोखरा आइपुगेको छ । नेपालको पहिलो सेक्स कमेडी फिल्म भनिएको ‘मिस्टर भर्जिन’ले भर्जिन युवाहरुको कथा बोकेको निर्माण युनिटले जानकारी दियो ।

Batas

पत्रकारसँग कुरा गर्दै अभिनेता गौरव पहारीले तीन युवाको यौन मनोविज्ञानमा फिल्म आधारित रहेको बताए । समाजमा युवाहरु अझैपनि यौनबारे खुलेर बोल्न डराउने उल्लेख गर्दै उनले विस्तारै यसबारे समाजलाई शिक्षीत गराउनुपर्ने बताए । फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने उनको दाबी थियो ।

अभिनेत्री मरिस्का पोख्रेलले सेक्स कमेडी जनराको उत्कृष्ट फिल्म बनेकोले सबै दर्शकलाई हेर्नका लागि आह्वान गरिन् । फिल्मको अधिकांश सुटीङ रातमा भएको जानकारी दिंदै उनले आफ्नो क्यारेक्टरलाई न्याय दिन भरपुर कोशिस गरेको बताइन् ।

फिल्ममा मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल रहेका छन्  ।

वल्र्ड वाइड फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । बस्नेतले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

फिल्ममा गौरव, विजय र कमलमणिका साथमा मरिष्का पोखरेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी रहेको फिल्मलाई मिलन डी. काप्रीले सम्पादन गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.