www.tandavnews.com
Fact ~ In search of truth

वेष्ट फाइनान्सको सिईओ मा तोयराज अधिकारी नियुक्त

काठमाडौं ।

राष्ट्रिय स्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् ।

साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको हो । सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदिय जिम्मेवारी सम्हालेका छन ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भौतिक शास्त्रमा स्नातक उत्तीर्ण गरेका अधिकारीसँग १८ वर्ष बैंकिङ अनुभव र एक वर्ष प्राध्यापनको समेत अनुभव छ ।

Lama collectio News Middle

२०५७ सालमा माछापुच्छ्रे बैंकबाट बैंकिङ करियर शुरु गरेका अधिकारीले करिव १० वर्ष सोही बैंकमा कार्य गरेका थिए । २०६७ सालबाट पोखराको तत्कालिन कास्की फाइनान्समा ७ वर्ष सीईओको रुपमा कार्य गरेका थिए ।

कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर समेत कार्य गरेका थिए ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा समेत कार्यकारी तहमा रही काम गरेको अनुभव भएका सिईओ अधिकारीले मर्जपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमतालाई कुशलतापुर्वक प्रयोग गर्दै बेष्ट फाइनान्सलाई उत्कृष्ट बितिय संस्था बनाउने बताए ।

काठमाण्डौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको वेष्ट फाइनान्सका हाल १४ वटा शाखा कार्यालय रहेका छन् । फाइनान्सको निक्षेप २ अर्व २५ करोड छ भने कर्जा लगानी करिव २ अर्व रहेको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery