पोखरा
ताण्डव न्यूज ।
पोखरा–लेखनाथ महानगरपालिकाले कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण माग गरेको छ ।
महानगर मातहत राजनैतिक पदाधिकारी, निजामति, स्थायी, अस्थायी÷करारमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण खुलाई सम्बन्धीत शाखामा बुझाउन कर्मचारीहरुलाई पत्राचार गरेको हो ।

‘हरेक आर्थिक वर्ष समाप्ती भएसँगै स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुले सम्पत्ति विवरण आफू मातहत कार्यालयमा बुझाउनु पर्छ,’ महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले ताण्डव न्यूजलाई भने, ‘६० दिन भित्र सबै कर्मचारीले आफ्नो सम्पत्ति विवरण उल्लेख गरी बुझाउन मन्त्रालयकै निर्देशन हो ।’
महानगरले कर्मचारीलाई काटेको पत्रअनुसार आगामी भाद्र २० गते भित्रमा सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने भनी निर्देशन दिएको छ ।
स्थानीय तहका निजामति कर्मचारीले निजामति किताबखानामा सम्पत्ति विवरण बुझाउनु पर्नेछ । त्यस्तै, राजनैतिक पदाधिकारीहरुले प्रमुख प्रशासकीय अधिकृत समक्ष सम्पत्ति विवरण बुझाउनु पर्नेछ । स्थायी कर्मचारीको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आन्तरिक व्यवस्थापन शाखामा अन्तर्गतको कर्मचारी प्रशासन शाखामा बुझाउनु पर्नेछ ।
त्यसैगरी अस्थायी-करार कर्मचारीको हकमा प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गरेको खण्डमा कर्मचारी प्रशासन शाखामा बुझाउनु पर्ने हुन्छ ।
पोखरा–लेखनाथ महानगरपालिकामा कार्यरत सबै कर्मचारीको सम्पत्ति विवरण अद्यावधिक गर्न नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र मार्फत निर्देशन दिएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.