www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण क्षेत्रभित्र हेलिकप्टर अवतरण गर्न रोक

footware

पोखरा
ताण्डव न्यूज ।

कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र उद्दारका काममा बाहेक हेलिकप्टर अवतरण गर्न रोक लगाएको छ ।

पर्यटक बोकेर अन्नपूर्ण, माछापुछ्रे आधार शिविर लगायतका स्थानमा हेलिकप्टर अवतरण गरिरहँदा वातावरणमा प्रतिकुल प्रभाव परेको भन्दै स्थानीयले गुनासो गर्न थालेपछि गाउँपालिकाले विपतका बेलाबाहेक अरुबेला गाउँपालिका क्षेत्रभित्र हेलिकप्टर आउन रोक्न लगाएको हो ।

Batas

संरक्षित क्षेत्रको जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै हेलिकप्टर अवतरणमा रोक लगाउने निर्णय गरेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । “हेलिकप्टरको आवाज र कम्पनले चराचुरुङ्गी र बन्यजन्तु भागे,” उनी भन्छन्, “संरक्षित क्षेत्र वन्यजन्तु र वनस्पतीलाई असर पर्ने हुँदा हेलिकप्टर अवतरणमा रोक लगाएका छौं ।”

अन्नपूर्ण गाउँपालिकाको चौथो गाउँसभाले गरेको उक्त निर्णय भदौबाट कार्यान्वयनमा आउनेछ । सबै हेलिकप्टर कम्पनीलाई पत्राचार गरेर यो रोकबारे जानकारी गराउने र अटेर गरे कारबाहीका लागि सिफारिस गर्ने समेत अध्यक्ष कुँवरले जानकारी दिए ।

यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)ले समेत संरक्षित क्षेत्रभित्र अनुमति बिना हेलिकप्टर अवतरण नगर्न भनेको थियो । तर हेलिकप्टर कम्पनीहरुले उक्त अनुरोधलाई बेवास्ता गर्दै आएका थिए ।

संरक्षित क्षेत्र ऐनमा समेत जथाभावी हेलिकप्टर अवतरण गर्न नपाउने व्यवस्था छ ।

१० असारमा बसेको अन्नपूर्ण गाउँपालिकाको गाउँ सभाले हाल सञ्चालनमा रहेका पदमार्गको मर्मत सम्भार गर्ने र नयाँ रुट खोल्ने समेत निर्णय गरेको छ ।

अहिले अन्नपूर्ण गाउँपालिका अन्तर्गत अन्नपूर्ण बहुचर्चित अन्नपूर्ण आधार शिविर पदमार्ग, पुनहिल पदमार्ग, घान्द्रुक–लान्द्रुक पदमार्ग पर्छन् ।

गाउँसभाले अब ताडापानीदेखि दोबाटो हुँदै हिडन लेक पदमार्ग, उल्लेरी–मरेडाँडा, दाङसिङ, मोहोरिया, थमडाँडा हुँदै ताडापानी, लान्द्रुक–मर्दी हिमाल आधार शिविर पदमार्ग संचालनमा ल्याउने निर्णय गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.