www.tandavnews.com
Fact ~ In search of truth

खरेलको मौलिक तीज गीत ‘काँकरीको बियाँ’

पोखरा,
ताण्डव न्यूज ।

गायिका मालती खरेलले मौलिक तीज गीत “काँकरीको बियाँ” बजारमा ल्याएकी छन् ।

खरेलको एकल लय, शब्द र स्वरमा बजारमा आएको उक्त गीतले चेलीहरुको यथार्थ भावहरुलाई समाबेस गरेको छ । तिर्सना म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतमा अञ्जली अधिकारी र चन्द्रकला खरेलको अभिनय देख्न सकिन्छ ।

Batas

भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

‘हाडिगाउँको जात्रा’ गीतबाट एल्बम निकाल्न सुरु गरेकी खरेलले ‘पुर्वैमा घामलाग्यो’, ‘हाँसि हाँसि जिउँला’, ‘मुटुमा आगो’ आदि गीतहरु बजारमा ल्याइसकेकी छन् । उनको ‘रानी हजुर’ बोलको गीत अझ बढी सबैले रुचाइएको थियो ।

उनको पहिलो तीज गीत भने ‘बजाईदेउ डम्मरु’ हो । गत वर्ष ‘नदिहै सलिसलि’गीत बजारमा ल्याएकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.