www.tandavnews.com
Fact ~ In search of truth

पर्वत : प्रधानाध्यापक पौडेलको शव भेटियो

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

परिवार र सन्तानको लागि केही गर्न नसकेको भनी ६ दिनदेखि बेपत्ता रहेका पर्वतका एक जना शिक्षक आज दिउसो मृत अवस्थामा फेला परेका छन ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी सालबिसौनाका शिक्षक पौडेल गएको साउन १८ शुक्रबार गते बिहान १० बजे मन्दिरमा पूजा गर्न गएकोमा सोही समयबाट बेपत्ता रहँदै आएका थिए ।

Batas

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार उनी कटुवाचौपारीकै झापेबगर स्थित अलपेश्वर गुफामा ढुंगाको खोंचमा च्यापिएको अवस्थामा फेला परेका हुन ।

शिक्षक पौडेलको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल पर्वतमा राखिएको छ । अलपेश्वर गुफा भित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शब भेटिएको हो ।

३८ बर्ष लामो सामयसम्म शिक्षण पेशामा रहँदै आएका ५९ वर्षीय पौडेल १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रो संग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको उल्लेख गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.