www.tandavnews.com
Fact ~ In search of truth

प्रगतिशील कर नीति आवश्यक:मुख्यमन्त्री गुरुङ

म्याग्दी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक भएकाे बताए ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले एकै शीर्षकमा कर लिन थालेको भनेर भ्रम फैलाइएको मुख्यमन्त्री गुरुङले भने। “हामीले राज्य सञ्चालनका लागि स्रोतको पहिचान र व्यवस्थापन गरेर जनतालाई विकास र सेवा दिन खोजेका हाै । प्रगतिशील कर नीति अपनाउँछौँ । करको विषयमा फैलिएको भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु,” उनले भने ।

कर सङ्कलन, अधिकार क्षेत्रका विषयमा भएका कानूनी अस्पष्टता र अन्यौल हटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्राथमिकताका साथ छलफल अघि बढाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले प्रदेश सरकारले जग्गा बाँझो राखेबापत कर तिराउने र खेतीयोग्य जमीनको उपभोग गर्नेलाई प्रोत्साहन गर्ने नीति लिने बताए।

आगामी पाँच वर्ष भित्रमा सबै स्थानीय तहको केन्द्रसम्म ग्राभेल सडक, प्रदेशका सबै बस्तीमा विद्युत् र खानेपानी सुविधा विस्तार गर्न प्राथमिकतासाथ बजेट विनियोजन गरेर कार्यान्वयनका लागि विस्तृत अध्ययन शुरु गरेको मुख्यमन्त्री गुरुङले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.