पोखरा ।
आगामी भाद्र १६ गते पोखरामा ‘अनमोल ईभ — २०१८’ को आयोजना हुने भएको छ । मोनिका ईन्टरनेशनल र स्पेक्स १४ को आयोजनामा पोखराको अमरसिहं चौरमा कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको हो ।
पोखराको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको ईभमा अनमोल सहित प्रियंका कार्की, भिटेन, डिजे ससपोईजन, डिजे बिरेन तथा ड्रिमर्ज ब्यान्ड लगायत स्थानिय प्रतिभाहरुले पनि आफ्नो प्रस्तुति राख्ने ईभका संयोजक कमल जिसीले बताए ।

दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश गर्न ३ हजार, १ हजार र ५ सय सहित न्युनतम २ सय सम्मको टिकट खरिद गर्नुपर्ने जनाइएको छ । कार्यक्रमबाट आम्दानी भएको रकमको लागत कटाएर नेत्रहिन महिला सघं नेपाललाई सहयोग गर्ने लक्ष्य रहेको जिसीले भने । कार्यक्रम पोखरा सहित बुटवल, चितवन, झापा र काठमाडौंमा पनि आयोजना गरिने उनको भनाई छ ।
करिब १ करोड ६ लाखको खर्चमा आयोजना गरिने ईभलाई सफल पार्न नेपाल हयुमन राईट्स फाउनडेसनले समन्वय गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.