www.tandavnews.com
Fact ~ In search of truth

वेस्ट इन्डिजमा चम्किए सन्दीप

काठमाडौँ ।

वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् ।

स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन् ।

Batas

आज बिहान भएको खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिएका थिए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।

उनको क्लब उक्त खेलमा पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

१४७ रनको विजय लक्ष्य पच्छ्याउँदै जवाफी मैदानमा उत्रिएको गुयना अमाजोन वारियर्सले १६ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उनी पाँच हजार अमेरिकी डलरमा उक्त क्लबमा आबद्ध भएका हुन् ।

यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले पहिलो खेलमै विकेट लिन सफल भएका थिए । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.