www.tandavnews.com
Fact ~ In search of truth

‘पुस्तक बिनाको जीवन पलांस जस्तै हो’

पोखरा
ताण्डव न्यूज ।

१) कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

पहिला पहिला किशोरवयमा साहित्य खुब पढियो । उमेर अनुसार रुचि बदलिदो रहेछ । अहिले बेदान्त ,वातावरण , पश्चिमी पूर्विय सबै दर्शनका पुस्तक पढन रुचाउँछु । कहिले काँही राजनैतिक पुस्तकहरु हेर्छु ।

Batas

२) अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

मैले पढिरहेका पुस्तकहरु पढेर सकिने खालका छैनन जतिजति हेर्छु उतिउति नयाँ क्षितिजहरु खुल्दै जान्छन । बेदान्त तथा अन्य दर्शनहरुको बिशेषतानै यहि रहेछ । कथा, उपन्यास, कविताका पुस्तक जस्ता एक पटक पढेपछि सकिने विधा दर्शन होइन रहेछ । मेरो रुचिमा यिनै बिषयका पुस्तक हुन । अहिले डम्बर खतिवडाको समाजबादको यात्रा पढदै छु । बडो उम्दा पुस्तक रहेछ । एउटै पुस्तक नसकिएञ्जेल नछाड्ने धैर्यता म मा छैन साथमा अरु पुस्तकहरु पनि हुन्छ । समग्रतामा मेरो रुचि त दर्शन सम्बन्धी पुस्तकमै हो ।

३) जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?

पुस्तक सहितको जीवन चमेलीको फूल जस्तै हो । र पुस्तक बिनाको जीवन पलांस जस्तै । पुस्तक नभए पनि जीवन त चल्छ । हिजो पनि पुस्तक थिएनन जीवन चलिरहेकै थियो । तर त्यो पशुको जीवन हो ।

४) तपाईलाई मन परेको पुस्तक ?

मलाई मन पर्ने पुस्तकहरुको संकेत त अघिनै दिए । दर्शन सम्बन्धितनै हुन । तर साहित्यमा मलाइ मन पर्ने पुस्तक अलेकजेण्डर सोल्ज्सेनित्सनको Cancer Ward हो ।

५) मन नपरेको पुस्तक पनि होला नि ?

मन नपर्ने पुस्तक एक दुइ पेज हेरे पछी थाह भै हाल्छ । म फ्याकी दिन्छु । त्यसैले नाम भन्न सक्दिन ।

६) उपहार दिँदा कस्ता पुस्तक दिनुहुन्छ ?

पुस्तक किनेर पढनु पर्छ । मागेर वा उपहार होइन भन्नेमा विश्वास गर्छु । मलाइ कुनै पुस्तक मन परे भने पुस्तकको नाम, पाइने पसल बताइदिन्छु र किनेर पढ भन्छु । उपहार दिने चलनलाइ मैले धेरै अघि बिदा दिइ सकें ।

७) नेपालका उत्कृष्ट ५ लेखक को—को लाग्छन् तपाईंलाई ?

बीपी कोइराला, ध्रुबचन्द्र गौतम, जगदिस घिमिरे, तिल बिक्रम नेवाङ (बैरागी कांइला) र तिर्थ श्रेष्ठ ।

८) तपाईंको आयको कति खर्च किताबका निम्ति गर्नुहुन्छ ?

मेरो त्यस्तो निश्चित आय त छैन प्रतिशतमा कसरी भनौं । बार्षिक १२÷१३ हजार हुन्छ होला । मैले पढने धेरै पुस्तक स्थायी प्रकृतिका छन । एकै पटक धेरै खर्च हुन्छ बारम्बार उतिसाह्रो खर्च गर्नु पर्दैन ।

९) किताब पढ्न मन लाग्ने उपयुक्त स्थल र समय ?

मलाइ एकै ठाउँमा बसेर पुस्तक पढन स्वाद लाग्दैन । घरी मेरो निजी पुस्तकालय घरी बैठक कोठा र धेरै समय म मेरो आगनको सानो बगैंचामा बसेर पढछु । तर पुस्तक सँगसँगै पूर्विय शास्त्रिय संगीत ,सुफि संगीत सुन्न आनन्द आउछ स्वाद पनि आउंछ ।

१०) पढ्न चाहेर पनि नपाएको किताब ?

त्यस्तो इच्छा भएको नपाएको पुस्तक केही छैन । नेपाली प्रकाशन भएको सात आठ दिनमा पोखरामै पाइन्छ । हिन्दीको हकमा बर्ष दुइ बर्षमा भारततिर पुग्दा एकमुष्ठनै किनेर ल्याउँछु । अंग्रेजी राम्रोसँग नजानेकोमा असाध्यै पछुतो छ । जानेको भए कति पुस्तक पढ्दो हौला जस्तो लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.