www.tandavnews.com
Fact ~ In search of truth

कार्यक्रममा एक घण्टा ढिलो आएर कलाकारले भने ‘प्रेम कथामा आधारित एक्सन फिल्म जय शम्भु’

पोखरा
ताण्डव न्यूज ।

प्रशान्त ताम्राकार, अनुप विक्रम शाही तथा वर्षा शिवाकोटी स्टारर फिल्म जय शम्भु भदौ १ मा रिलिज हुँदैछ । रिलिज डेट नजिकिदै गर्दा फिल्म युनिट देश दौडाहामा लागेका छन् ।

सोही मेसोमा फिल्मका कलाकार प्रशान्त र अनुप विक्रमको उपस्थितीमा आज (शनिबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना भयो । विहानै ९ बजे पत्रकार सम्मेलनको आयोजना गरिएपनि अनुप र प्रशान्तकै कारण एक घण्टा ढिलो सुरु भयो ।

Batas

एक घण्टा कुराएपछि सुरु भएको पत्रकार सम्मेलनमा फिल्मबारे बोल्दै कलाकार प्रशान्तले भने‘ चलचित्रमा दुई पात्र जय र शम्भु बिचको द्वन्दको कथालाई समेटिएको छ । यसमा एक्सन, कमेडी, माया प्रेमको कथा छ । ’ एक्सनकालागि फिल्म युनिटले निकै मिहेनत गरेको उनको भनाई थियो ।

फिल्मका अर्का कलाकार अनुपले प्रेम कथामा आधारित एक्सन फिल्म भएको उल्लेख गरे । उनले भने ‘यो एक एक्सन फिल्म हो । नेपालमा पछिल्लो समय चलेको फिल्मको ट्रेन भन्दा केहि फरक पस्कन खोजेको छौं ।’

फिल्मका निर्देशक रुपेश तामाङ हुन्। फिल्ममा अनुप, प्रशान्त तथा वर्षाका अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ का निर्मातामा अरविन्द्र शाक्य हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.