www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिको महत्वपूर्ण आधार पर्यटन : मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताएका छन ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको १५ औँ अधिवेशन तथा २५ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले कोरलादेखि त्रिवेणी जोडिने यो क्षेत्र पर्यटनका प्रचुर सम्भावनायुक्त स्थल भएको बताए।

मुख्यमन्त्री गुरुङले पदयात्रा पर्यटनलगायत विकासमा प्रदेश सरकारले सहयोग गर्ने जनाए।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले यस क्षेत्रको पर्यटन विकासमा टानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पदयात्रा पर्यटनमा देखिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
सो अवसरमा मुख्यमन्त्री गुरुङले संघले प्रकाशन गरेको टानयात्रा स्मारिकाको विमोचन गरे।-रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.