www.tandavnews.com
Fact ~ In search of truth

मुनाल सहकारी र पोखरा हस्पीटल बिच सम्झौता

पोखरा ।

कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा इन्द्रचोकमा रहेको पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

आइतबार एक समारोह बिच दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद हुमागाई र पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक बासुदेव कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Batas

यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले पोखरा अस्पताल एण्ड रिसर्च सेन्टरबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन ।

२४ घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, डिजिटल एक्स्रे, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत सेवा प्रदान गरिरहेको पोखरा अस्पतालको यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य, कर्मचारी र परिवार लाभान्वित हुने मुनाल सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.