www.tandavnews.com
Fact ~ In search of truth

पुम्दीभुम्दीमा लियो क्लबको बृक्षारोपण

पोखरा ।

लियो डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत लियो क्लबद्धारा पोखरा महानगर २२ पुम्दीभुम्दी भूनको खोरीयामा बृक्षारोपण सम्पन्न भएको छ । लियो पर्क निमार्ण गर्ने उद्धेश्यले शनिबार आयोजित बृक्षारोपणमा बिभिन्न जातका करिव २०० विरुवा रोपिएको हो ।

कार्यक्रममा पोखराका लियो तथा लायन्सहरु र स्थानिय क्लबका पदाधीकारीहरु,वडा अध्यक्ष सहित अन्य प्रतिनिधिहरु को उपस्थिती रहेको थियो । वडाध्यक्ष मित्रलाल बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम लियो क्लब अफ चौतारीको संयोजकत्वमा भएको हो ।

Batas

कार्यक्रमको अध्यक्षता प्रदिप पौडेलले गरेका थिए भने स्वागत मन्तब्य गणेश बरालले गरेका थिए ।

चिफ रिजन कोडिनेटर हरीहर पराजुली, डिस्ट्रिक भाइस प्रेसिडेण्ट बिनायक पौडेल, बर्ष २०१७/०१८ का डिस्ट्रिक प्रेसिडेण्ट राजेन्द्र बराल, राम थापा र प्रमुख अतिथि मित्रलाल बरालले मन्तब्यह राखेका थिए भने कार्यक्रको संचालन क्लबका सचिव किरण अधिकारीले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.