www.tandavnews.com
Fact ~ In search of truth

टि ट्वान्टी क्रिकेट प्रतियोगिता ‘पोखरा प्रिमियर लिग’ कार्तिक ९ देखि

पोखरा
ताण्डव न्यूज ।

पोखरामा पहिलो पटक पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कार्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुने आज (सोमबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पहिलो पटक हुन लागेको पिपिएलले स्पोर्टस टुरिजममा सहयोग पुग्ने बताइन् ।

Batas

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पोखरामा क्रिकेट क्षेत्रलाई अगाडि बढाउन सबैको ध्यान अवश्यक रहनुपर्नेमा जोड दिए । ‘सबैको प्रयासले क्रिकेट विकासमा सहयोग हुन्छ,’ उनले भने, ‘खेलाडीलाई पिपिएलले थप उर्जा मिल्ने विश्वास गरेको छु ।’

madi
machhapuchre

नेपाली क्रिकेट विकासमा योगदान दिने उद्देश्यले क्विन्स इभेन्ट्स प्रा.लिले पोखरामा प्रतियोगिता गर्न लागेको प्रा.लि प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

फ्रेन्चाइज बेसमा हुने पिपिएलमा ६ टिमको सहभागिता हुने छ ।

प्रत्येक टिममा दुई विदेशी खेलाडीलाई समावेश गराउन पाउने र अण्डर सिक्सटिन खेलाडीहरु तयार गर्नुपर्ने छ ।

२५ लाख बढी पुरस्कार राशी र करिब २ करोड भन्दा बढी खर्च लाग्ने प्रतियोगिताले भविष्यमा क्रिकेटका प्रोफेसनल खेलाडी तयार पार्न सहयोग गर्ने उद्धेश्यले अण्डर सिक्सटीनका खेलाडी तयार गर्नुपर्ने आयोजकले जनाएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.