www.tandavnews.com
Fact ~ In search of truth

उद्योगपति सांसद चौधरीको गुरुकुल कक्षा अवैध ठहर

माधव भुसाल
नवलपुर, ताण्डव न्यूज ।

फोब्र्स लिस्टेड अर्बपति बिनोद चौधरीले सञ्चालन गरेको गुरुकुल अवैध ठहरिएको छ । वैदिक कर्मकाण्ड गुरुकुल स्कूलले अनुमति भन्दा माथिल्लो कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले ठहर गरेको हो ।

बिनोद चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाम मार्फत सञ्चाचित गुरुकुल स्कुलले कक्षा ६ र ७ को अनुमति लिई अबैधरुपमा कानुनको धज्जी उडाउदै कक्षा ८ पनि संचालन गरेको थियो । अनुमति नलिई सञ्चालित कक्षा ८ तत्काल बन्द गर्न समेत समन्वय इकाइले निर्देशन दिएको छ ।

Batas

साउन १८ देवचुली नगरपालिका स्रोतव्यक्ति दुर्गादत्त सापकोटालाई स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको र उक्त्त प्रतिवेदनको आधारमा वैदिक कर्मकाण्ड गुरुकुलले सञ्चालन गरेको कक्षा ८ बन्द गर्ने निर्देशन दिएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासी पूर्वका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।

साउन २९ गते मंगलबार ईकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेलले पत्र काट्दै अनुमति बेगर सञ्चालन भएको कक्षा तत्काल बन्द गरी जानकारी दिन वैदिक कर्मकाण्ड गुरुकुललाई निर्देशन दिएका छन् ।

चौधरी उद्योग ग्राम भित्र सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती बेगर कक्षा सञ्चालन गरेको र विद्यार्थीको स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने वातावरणमा कक्षा सञ्चालन गरेको समाचार आएपछि शिक्षा ईकाइको अनुगमनपछि निर्देशन दिइएको हो ।

चौधरी समानुपातिक कोटाबाट प्रतिनिधि सभा सांसद समेत हुन् । चौधरीले बियर कम्पनी हाता भित्र विद्यालय खोल्नु कानुन विपरीत रहेको देबचुलि नगरपालिका शिक्षा ईकाइ प्रमुख मोति रिजालको भनाई छ ।

अब कक्षा ८ सञ्चालनका लागि गुरुकुलले नगर शिक्षामा निवेदन दिएको भएपनि उक्त्त क्षेत्रको वातावरण र अध्यापन हुने क्षेत्रको गम्भिररुपमा अध्यन गरी नगर कार्यपालिकाले अनुमती दिने नगरशिक्षा अधिकारी मोती रिजालले बताए ।

यो पनि पढ्नुहोस्

कानुनको धज्जी उडाउदै सिजी साहू विनोद चौधरी (प्रमाणसहित)

अर्बपती विनोद चौधरीको उद्योगको दादागिरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.