www.tandavnews.com
Fact ~ In search of truth

नारीको बेदना ‘चेली २’ सार्वजानिक

पोखरा,
ताण्डव न्यूज ।

बिहे गरेर दिएकी चेलीले उसको घरमा कस्ता समस्या भोग्छे ? श्रीमान, सासुससुराको माया र साथ कति पाउँथे भन्ने कथा बुनेर तयार पारिएको तीज गीत ‘चेली २’ सार्वजानिक भएको छ ।

गीतमा भनिएको छ :

Batas

बाबुआमाको करकापले बिहे गरे पोहोर
आमाले त भन्दै थिइन सुख पाउँछेस ओहोर
बाबा पनि केही बोलेनन आँखा चिम्ली दिए
मेरा लागि सर्वश्रेष्ठ बाआमा नै थिए, हात रंगीयो सिउँदो नि रंगियो, दुखी कथा नसुन संगीयो ।।

machhapuchre
madi

तारानाथ आचार्यको लय, शब्द, एरेन्ज अनि निर्देशनमा अत्यन्तै मर्मश्पर्शी गीत डिजिटल स्टारको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

नारीको बेदनाको कथा बोकेको उक्त गीतमा शान्तीश्री परियारले गाएकी छन् । गीतमा साया भण्डारी र दिपक पौडेलको अभिनय रहेको छ भने गणेश सापकोटाले खिचेका छन् ।

गीत पोखरा र पोखरा आसपासमा छायांकन गरिएको छ । गत बर्ष चेलीलाई दशर्कको अत्याधिक माया पाए जसरी चेलीको सिक्वल भाग २ ले पनि उत्तिकै माया पाउने अपेक्षा गरेको आचार्य बताउँछन् ।

Vedio Link :  https://www.youtube.com/watch?v=GuZ_HoCziUY

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.