www.tandavnews.com
Fact ~ In search of truth

कान्छी मोडल रानीको नयाँ तिज गीतको भिडियो सार्वजनिक

पोखरा,

‘सानी सानी नानी म त…’ बोलको गीतमा पहिलो पटक अभिनय गरेर ‘कान्छी मोडल’को पहिचान बनाएकी रानी थापा मगर अभिनित नयाँ तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

इनिसा दुराको स्वर, नवराज बरालको सङ्गीत र राखी थापा मगरको शब्दमा रहेको ‘यसपालिको तिजमा नाच्ने हो छमछमी…’ बोलको गीतमा रानीको मुख्य अभिनय रहेको छ । भिडियोमा रचनाकार तथा रानीकी आमा राखीको समेत अभिनय देख्न पाइन्छ ।

Batas

पोखरा कला केन्द्रको प्रस्तुतिमा बनेको भिडियो पोखराकै केदारेश्वर मन्दिरलगायतका क्षेत्रमा छायाङ्कन गरिएको हो । भिडियोको निर्देशन राहुल थापा मगरले र छायाङ्कन सुरज श्रेष्ठले गरेका छन।

रानीको अभिनय रहेको पहिलो गीत सानी सानी नानी म त…मा अनुराग अधिकारीको शब्द, मेलिना राईको स्वर र नवराज बरालको सङ्गीत रहेको थियो । सो गीत १७ लाखभन्दा बढीले हेरिसकेका छन् । यस पटक पनि रानीले परिपक्व अभिनय गरेकी निर्देशक राहुल थापाले बताउनुभयो । गीतले नेपाली संस्कृतिको रक्षा सघाउ पुर्याउने विश्वाससमेत थापाकाे छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.