www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एनमार्कको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ तयारी अन्तिम चरणमा

पोखरा ।

पोखरा महेन्द्रपुल चोक स्थित एनमार्क एजुकेशन प्रालिले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गरेर अष्ट्रेलियन एजुकेशन फेयरको तयारी अन्तिम चरणमा पुगेको जानकारी सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् । फेयरमा पोखरामा कहिल्यै नआएका कलेज तथा युनिभर्सिटीहरुको समेत उपस्थिति रहने एनमार्क एजुकेशनको दावी छ ।

भदौ ४ गते सोमवार एनमार्कको आफ्नै केन्द्रिय कार्यालय, महेन्द्रपुल चोकमा हुने एजुकेशन फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारीले जानकारी दिए । अष्ट्रेलियाका प्रमुख शहरहरुमा रहेका युनिभर्सिटी तथा कलेजहरु समेटिएको उनले बताए । उनीहरुले आफ्नो कलेजबाट प्रदान गरिने स्कलरशीप, अध्ययन सिकाई प्रक्रिया, अध्यापन गराइने विषयका बारेमा जानकारी दिनेछन् ।

Batas

अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको चासो बढेको र उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया भइरहेको सन्दर्भमा विद्यार्थीलाई सही परामर्श दिन यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । प्रमुख शैक्षिक गन्तव्य अष्ट्रेलियामा भिसा परामर्श दिनु मात्र ठूलो कुरा नभई त्यहाँ कुन कलेज छनौट गर्ने, कुन कोर्स पढ्ने भन्ने बारेमा अगाडि नै जानकार भएमा विद्यार्थीको बसाईं सफल र लक्ष्यमा पुग्न सक्ने उनको भनाई छ ।

कन्सल्टेन्सीमा रहेका काउन्सलरले एकै समयमा सबै कलेजबारे जानकारी गराउन सधैं सम्भव नहुने भएकाले यस्तो फेयरमा धेरै कलेज तथा युनिभर्सिटीका आफ्नै प्रतिनिधिबाट प्रत्यक्ष  बुझ्न सक्ने भएकाले विद्यार्थीका लागि लाभदायक रहने अधिकारीको विश्वास छ ।

विगत ५ वर्षदेखि अनवरत सेवारत एनमार्कको केन्द्रीय कार्यालयनै पोखरामा भएकोले छिट्टो र सहज रुपमा विद्यार्थीहरुका परामर्श तथा अन्य प्रोसेसिङका कामहरु भएको अधिकारीको दाबी छ । करिअर काउन्सिलिङ, टेस्ट प्रीपरेसन सँगै विभिन्न शहरहरुको जीवनशैली, अध्ययन खर्च र सम्भावनाहरुका बारेमा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट सिधै जानकारी मिल्ने भएकाले यो मौकाको सदुपयोग गर्न सिनिअर काउन्सलर सामना क्षेत्रीको आग्रह छ । बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म फेयर चल्नेछ । फेयरमा प्रवेश निशुल्क छ ।

एनमार्कले अष्टे«लियासँगै न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा अध्ययनका लागि परामर्श दिने काम गर्दै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.