www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ आजदेखि

पोखरा
ताण्डव न्यूज ।

जनताका गुनासो सुन्न गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम आज(सोमबार) देखि सुरु गरेको छ ।  ‘हेलो मुख्यमन्त्री’को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैंले फोन उठाएर गरे ।

‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा गण्डकी प्रदेशका नागरिकले नेपाल टेलिकमको टोल फ्रि नम्बर १०९४ मा बिहान १० बजे देखि साँझ ५ बजेसम्म फोन गरेर गुनासो, सल्लाह र सुझाव टिपाउन सक्नेछन् ।

Batas

‘हेलो मुख्यमन्त्री’ कक्षमा बसेका कर्मचारीले कार्यालय समयमा गुनासो टिप्नेछन् भने अन्य समयमा अटोमेटिक रुपमा गुनासो रेकर्ड हुने व्यवस्था मिलाइएको छ ।

गुनासो दर्ता गराउन एण्ड्रोइड मोवाइल प्रयोगकर्ताले Hello CM Android App डाउनलोड गरी सोही एपको सहायता लिन सक्नेछन् । त्यसैगरी हेलो मुख्यमन्त्रीको वेभसाइट hellocm.gandaki.gov.np लगइन गरेर समेत गुनासो दर्ता गराउन सकिनेछ । [email protected] मा इमेल गरेर पनि गुनासो दर्ता गराउने व्यवस्था मिलाइएको छ ।

साथै, हेलो मुख्यमन्त्री कक्षमानै उपस्थित भई कक्षका कर्मचारीलाई निवेदन दिएर वा टिपोट गराएर पनि समस्याको बारेमा जानकारी गराउन सकिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

गुनासो दर्ता गराउने सेवाग्राहीले आफूले गरेको गुनासो उपर कारवाहीको प्रगति hellocm.gandaki.gov.np मा गएर हेर्न सक्नेछन् ।

उद्घाटनको अवसरमा मुख्यमन्त्री गुरुङ स्वयमले फोन उठाए ‘हेलो मुख्यमन्त्री’को प्रथम कलर पोखरा–१५ का कृष्ण पौडेलले पर्यटकको बसाई कसरी लम्ब्याउने ? पर्यटकको सुरक्षा कसरी दिने ? र पर्यटन प्रबद्र्धन कसरी गर्ने भनी तीन प्रश्न गरे ।

त्यस्तै, लेकसिटी कलेजका संचालक उपेन्द्र पौडेलले दोस्रो कलरको रुपमा ‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा सहभागि जनाए । उनले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सुरु भएकोमा बधाई दिँदै प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.