www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा ‘बाँदर ग्याङ’को आतंक

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

‘ग्याङ’ शब्द सुन्ने वित्तिकै हामी कुनै ब्यक्तिहरुको अपराधीक समुह वा समुह मात्रै भन्ने बुझ्छौं । युवा, युवति लगायत ब्यक्तिहरुको ग्याङ अर्थात् समुह त सुनेकै हौं । तर, पर्वतमा बाँदरको ग्याङ छ ।

यहाँका विभिन्न ठाँउहरुमा बादरकाे ग्याङले आतंक मच्चाउँदै अाएकाे छ । खेतबारीमा लगाएका वाली सखाप पार्ने मात्रै होइन घरभित्रकै सामान लुट्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेको छन् बाँदरले । समुह नै बनाएर खाद्यान्न चोर्ने, आक्रमण गर्ने व्यवहार देखिन थालेपछि यहाँका कृषक चिन्तित छन् ।

Batas

फलेवास नगरपालिका वडा नं. २ शंकरपोखरी स्थित पोखराचौरका स्थानीयबासी रामचन्द्र भुषालका अनुसार पछिल्लो समय बाँदर घरभित्रै समेत छिर्ने गरेका कारण घरभित्र राखेको खाद्यान्न बाली जोगाउन समेत समस्या भएको छ ।

ठूलो हूलमा एकै पटक बाँदर आउने गरेका कारण बाँदर लखेट्न जाने मानिसहरुलाई समेत आक्रमणको प्रयास गर्ने गरेको भुषालले जानकारी दिए । उनले भने, ‘ठूलो संख्यामा एकै पटक आउँछन् , धपाउन जाँदा मान्छेलाई नै आक्रमण गर्छन् । मेरो पनि खुट्टामा बाँदरले चिथोरेको छ । बच्चाहरुलाई त पठाउनै हुन्न ।’

दिनहुँजसो बाँदरले हैरानी दिने गरेका कारण पर्वतका बिभिन्न गाउँका स्थानीयले आलोपालोमा बाँदेर धपाउने काम गर्दै आएका छन ।

महाशिला गाउँपालिका स्थित फलामखानीकी स्थानीय नन्दकली विश्वकर्मा भन्छिन् , ‘ओल्ला पल्ला घरहरु मिलेर पालै पालो बाँदेर लखेट्ने गरेका छौँ । बाँदरले हैरानै पारेको छ । घर छोडेर कतै निस्कनै हुन्न । भए जतिको हुल घरभित्रै छिर्छ ।’

असार साउन महिनामा खेतमा धान रोपाईँ गर्नको लागि लगाएइको मकै थन्क्याई सकिएका कारण खानेकुराको अभाव भएपछि बाँदरले घरभित्रै छिरेर आतंक मच्चाउन लागेका हुन् । पर्वतका बिभिन्न गाउँमा बाँदर आतंकले सताएपछि कृषकहरुले स्थानीय सरकारलाई बाँदर नियन्त्रणको लागि दवाव दिंदै आएका छन् ।

पर्वतको महाशिला गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्नको लागि भन्दै चालु आर्थिक बर्षमा ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । जिल्लाका अन्य स्थानीय तहले भने नागरिकको गुनासोको बेवास्ता गर्दै बाँदर नियन्त्रणको लागि कुनै पनि प्रयास नगरेको नागरिकको गुनासो छ ।

बाँदरले खेतबारीमा लगाईएका खाद्यान्न बाली छरेदेखि पाक्ने बेलासम्म नै खाने गरेका कारण बिभिन्न ठाउँमा उत्पादन योग्य जमिन समेत बाँझाे छोडिन थालिएको छ । उत्पादन क्षेत्रसम्म रुख र जंगलहरु पालिएका कारण पनि बनमा बस्ने बाँदरहरु पछिल्लो समयमा बस्तीमा केन्द्रित हुन थालेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.