www.tandavnews.com
Fact ~ In search of truth

पोखरेलीलाई सडेको मासु बेच्छ फेमिली मिट

पोखरा
ताण्डव न्यूज ।

पोखरा–९, स्थित फेमिली मिट प्रोडक्टमा प्रशासनले आज (बुधबार) सिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा खटिएको अनुगमन टोलिले निरीक्षणको क्रममा कम्पनीमा दूषित मासु पाएपछि सिल लगाएको हो ।

Batas

अनुगमनका क्रममा उक्त कम्पनीबाट दूषित ३ क्विन्टल मासु जफत गरिएको छ, भने झण्डैं ६ सय केजी बराबरको कोल्ड स्टोरमा जमाएर कुखुरा, खसी र राँगाको मासु समेत नियन्त्रणमा लिइएको सहायक सिडिओ क्षेत्रीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको दूषित मासु पोखरा महानगरका फोहोर व्यवस्थापन गर्ने सवारी मार्फत डम्पिङ गरिएको छ । मासु विक्री वितरण, ससेज उत्पादन गर्दै आईरहेको कम्पनीले पर्याप्त मात्रामा स्वच्छता नअपनाएको जनाइएको छ ।

प्रोडक्टले उद्योग दर्ता गराएपनि संचालन अनुमति पत्र सम्बन्धीत प्रशासन कार्यालयबाट नलिइएकाले सिल गरिएको सहायक सिडिओ क्षेत्रीले जानकारी दिए ।

उक्त कम्पनीले बिक्री गरिरहेको मासु खान योग्य छ छैन एकिन गर्न पशु सेवा कार्यालयका भेटनरी चिकित्सक मार्फत प्रयोगशालामा पठाइएको अनुगमनका एक सदस्यले जनाए ।

ताण्डव न्यूजको भिडियो रिपोर्ट हेर्नुहोस् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.