www.tandavnews.com
Fact ~ In search of truth

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौँ ।

संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ ।

परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ ।रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.