www.tandavnews.com
Fact ~ In search of truth

खहरेका महिलालाई उद्घोषण तालिम र पाठेघरको क्यान्सर सम्बन्धि सचेतना

पाेखरा । 

खहरे आमा समुहले आयोजना गरेको महिलाहरुको क्षमता र ब्याक्तित्व बिकासका लागि ३ दिने उद्घोषण तालिम र पाठेघरको क्यान्सर सम्बन्धि १ दिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारिले अब महिला दिदी बहिनिहरु चुलो र चौकोमा मात्रै सिमित नभई आफ्नो ब्याक्तित्व , नेतृत्व बिकाश , आय आर्जन र स्वास्थ्यमा सचेत हुनुपर्नेमा जोड दिए उनले तालिमले महिलाहरू समाजमा आत्मबिश्वासका साथ निर्धक्क बोल्न सक्ने र बिषयगत ज्ञान प्रदान गर्ने धारणा व्यक्त गरे ।

Batas

खहरे टोल बिकास सस्थाका निवर्तमान अध्यक्ष इमानाथ देवकोटाले महिला ससक्तिकरणमा जोड दिदै यस्ता खाले तालिम र सचेतना आवश्यक रहेको जानकारी दिए ।

सहभागीको तर्फबाट राधा कोइराला , मनु क्षेत्री र अन्जु पराजुलीले यस तीन दिने उद्घोषण तालिमले आफुमा निकै आत्मबल बढेको र तालिममा सैद्धान्तिक र ब्यबहारिक ज्ञान हासिल गरेको कुरा ब्यकत गरे ।

सन्चारकर्मी तथा रेडियो अन्नपूर्णका कार्यक्रम प्रस्तोता कन्चन थापाले उद्घोषण सम्बन्धि तीन दिने प्रशिक्षण दिएकी थिइन् भने पाठेघर सम्बन्धि सचेतना तालिम फिस्टेल हस्पिटलकि नर्स जिता बरालले दिएकी थिइन् ।

कार्यक्रममा वडा नम्बर ६ का खहरे आमा समुहका ३५ जना महिला दिदी बहिनिको उपस्तिथि रहेको थियो ९२ बर्षकि आमा मंगलि जलारिको पनि सकृयता सहभागिता रहेको थियो ।

खहरे आमा समुहका अध्यक्ष मैयाँ थापा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनतब्य सोही समुहका उपाध्यक्ष अन्जना पहारिले गर्नुभएको थियो भने उक्त कार्यक्रममा वडा सदस्य हरि कृष्ण पहारी , सल्लाहकार प्रेम पहारी, रुप नारायण सिग्देल लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन सोही समुहका सह सचिव प्रभा कोइरालाले गरेकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.